तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए

महेन्द्रनगर । गैर आवासीय नेपाली संघ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ ।
भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिए ।
“पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो”, संयोजक गोर्खालीले भने, “पहिलो चरणमा ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दैछौँ ।”
उनले पहिलो चरणमा पीडित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिए । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।
एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताए ।
“वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ”, उनले भने, “आजैदेखि राहत वितरण सुरु हुन्छ ।”











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया