बैंकिङ ऋण अर्को हप्तादेखि सहज हुने

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पछिल्लो समय रोकिएको बैंकिङ ऋण अर्को हप्तादेखि पुनः सहज हुने भएको छ ।
आर्थिक वर्षको ३ महिनामा अघिल्लो आर्थिक वर्षमा प्रक्रिया अगाडि बढाएकाले ऋण दिदा निक्षेप संकलन कम भएकाले नेपाल बैंकर्स संघले ऋणमा कडाई गरेको थियो ।
महिनामा करिब ३ खर्ब रुपैयाँको ऋण बैंकिङ ऋण फेरि सहज हुने भएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई ब्याजमा सहजकता ल्याउन निर्देशन दिएपछि, चालु आर्थिक वर्षमा पछिल्लो समय ऋण रोकावट भएकोमा अर्को हप्तादेखि सहज हुने उनले बताए ।
अघिल्लो वर्ष जारी गरेको प्रक्रियाअनुसार नै चालु आर्थिक वर्षको ३ महिनामा करिब ३ खर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघका अध्यक्ष दाहालले जनाए ।
गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले जनाएको थियो । चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले दिएको संघले जनाएपनि रकम खुलाएको छैन । २८ वटा बैंकमध्ये ऋण दिने दोश्रोमा मेगा बैंक रहेको छ ।
संघका अनुसार ऋणमा बढावा भएपनि चालु आर्थिक वर्षमा वित्तीय संस्थाले ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप गरेको छ । गत असार मसान्तमा वित्तिय संस्थाहरुले ४२ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको केन्द्रीय बैंकले जनाएको छ ।
















पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया