आइतबार, माघ २७, २०८१

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ७ गते १८:४२

काठमाडौं । दाङको तुलसीपुरमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन बढी यात्रु घाइते भएका छन् ।

Advertisement

घोराहीबाट तुलसीपुर आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो ।

बस दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस च्यापेका परियारलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया