बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काटे । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो ।
लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक ५ गतेबाट झाट्न सुरु भयो तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकांश धान खेतमै नष्ट हुँदा उनको परिवार चिन्तामा छ । “सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो ।” उनले भने, “यो वर्ष १० मुरिजति पनि फल्न गाह्रो छ ।” धान उत्पादन कम हुने भएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उनले गुनासो गरे ।
इस्मा अम्मरपुरकै गोपाल सुनारले पनि १८ रोपनी खेतमा धान रोपेका छन् । पाँच दिनसम्म पानीले गर्दा बाला टुक्रिएर करिब ३० प्रतिशत धान खेतमै झरेको उनले बताए । पानी पर्ने/नपर्ने कुनै टुङ्गो नभएकाले उनले आइतबारदेखि धान काट्न सुरु गरेका छन् । “गत वर्षसम्म १०० मुरी धान फल्थ्यो, तर यो वर्ष ६०–७० मुरी मात्र हुने अनुमान गरेको छु ।” उनले भने, “पानीले दाना झर्दै गएकाले धान स्याहार्न सुरु गरेको छु ।” पराल पनि चिसो भएकाले काम नलाग्ने उनले दुखेसो पोखे ।
धुर्कोट गाउँपालिका–५ वस्तु गान्टारीका कृष्णप्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोपेका छन् । साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ तर यही समयमा परेको अविरल वर्षाका कारण अधिकाशं धान ढल्यो । यसले गर्दा उत्पादनमा कमी हुने उनले बताए । “परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन ।” चिन्तित हुँदै उनले भने, “यस वर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो ।” सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो वर्ष धानको आशा नरहेको उहाँले गुनासो गरे । यसका साथै उनले आफूजस्ता थुप्रै किसान वर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गरे । अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उनले चिन्ता व्यक्त गरे ।
उनीहरुजस्ता धेरै किसान बेमौसमी वर्षाका कारण चिन्तित छन् । जिल्लाको अम्मरपुर, घ्यूबेँसी, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङलगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ उन्नत जातका धान लगाइन्छ ।
त्यस्तै हंसराज, वर्णशंकर, शंकरलगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ । उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन तर हंशराजलगायतको धान बढी ढलेको छ । काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चँुडिन थालेको छ । जसका कारण किसान मर्कामा परेका छन् ।
जिल्लामा कूल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो । यसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन् । २९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा वर्षाले क्षति पु¥याएको छ । अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने बताए । “ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।” उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ ।” हुमाकान्त पोखरेल/रासस
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया