दरबारमार्ग प्रहरीको जिम्मा विश्वराजलाई, बुटवलमा ठगबहादुर
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १२:०५

काठमाडौँ । प्रहरी वृत्त, दरबारमार्ग र बुटवलका प्रहरी नायव उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले दरबारमार्ग र बुटवलको डीएसपीको सरुवा गरेको हो ।
यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालेका डीएसपी विश्वराज खड्कालाई प्रहरी वृत्त, दरबारमार्गमा पठाईएको छ भने इलाका प्रहरी कार्यालय, बुटवलमा डीएसपी ठगबहादुर केसीलाई पठाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।
प्रवक्ता कुँवरका अनुसार दरबारमार्गमा कार्यरत डिएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । बुटवलका डीएसपी मदन कुँवर चार महीनामै हटाइएका छन् ।
धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि खड्कालाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया