विज्ञापनको बजार बिस्तार गर्नुपर्छ: व्यवसायी

काठमाडौं । विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् ।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका हुन् ।
व्यवसायीहरुले विज्ञापनको बजारलाई बढाउन सकेमात्रै नेपालका सञ्चारमाध्यमहरुले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने धारणा राखे ।
कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने बताए ।
उनले बोर्डले विज्ञापन बजारको विकासका लागि नयाँ ढोका खोल्ने बताउँदै महत्वपूर्ण उपलब्धिको रुपमा रहेको विज्ञापन आचारसंहिता आजै जारी गर्ने र मस्यौदामाथि सरोकारवाला विज्ञहरुको सुझावका लागि महिना दिनको समयावधि तोकेको बताए ।
उनले बोर्डले पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्ने बताए ।
अध्यक्ष हुमागाँईले विज्ञापन एजेन्सीहरुले आफ्नै स्तरले निकालेको तथ्यांकको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न लाग्ने रकम सरकारले दिनुपर्ने बताए ।
कार्यक्रममा मिडिया अलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र र सरकारले मनाउने विज्ञापन दिवस एउटै हुनुपर्ने बताए ।
उनले विज्ञापन कुनै चन्दा, दान, दक्षिणा नभएको उल्लेख गर्दै टीआरपी बढी हुनेले पाउने र समानुपातिक रुपमा बाँड्नु नपर्ने बताए ।
उनले नेपालमा अनुमानित १५ करोड हाराहारीको विज्ञापन बजेट रहेको तर सञ्चारमाध्यमले त्यसको ५० प्रतिशत पनि नपाएको गुनासो गरे ।
नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले स्टेक होल्डरहरुको हक हीत सुरक्षित हुनेगरी विज्ञापन बजार बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोसल मिडियालाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सरकारले ध्यान दिनुपर्ने बताए ।
यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताए ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया