‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजंघा

फुङ्लिङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।
सिरिजंघा गाउँपालिकाले एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर, एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।
हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ । ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया