समस्यामा पर्यो फेसबुक

काठमाडौं । आन्तरिक गतिबिधिहरुकाबारेमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रशारण गरेपछि सोसल मिडिया फेसबुक समस्यामा परेको छ ।
फेसबुक पेपर्स नाममा ह्विसलब्लोअर फ्रान्सिस् होगनद्वारा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएका कागजात तथा शेयर नियामकमा बुझाइएको कागजातका आधार र सञ्चार माध्यमले प्रदान गरिएका कागजातको विवरण बाहिर ल्याएको हो ।
रोयटर्स, ब्लूमबर्ग, द वाशिङटन पोस्ट, न्यूयोर्क टाइम्स र अन्य १७ अमेरिकाका समाचार संस्थाहरुले संयुक्तरुपमा सो बारेमा गरिएको रिपोर्टिङले कम्पनीकाबारेमा भित्री चित्रण गरेकाले बारम्बार प्रयोगकर्ता सुरक्षामा प्रभुत्व र लाभको प्राथमिकता खोजेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था दी इकोनोमिक टाइम्सले जनाएको छ ।
फेसबुक मालिक जुकरबर्गलाई सन् २०२० को चुनावअघि अमेरिकामा स्पेनिस भाषाको मतदाता दर्ता अभियान चलाउने योजनालाई कुण्ठित गरेको आरोप पनि लागेको छ । उनले यो योजना गलत देखापरेको हुन सक्ने बताएका छन् । ब्लूमबर्गले फेसबुकको इंगेजमेन्ट मेट्रिक्समा मानिएको असफलतामा ध्यान केन्द्रित गरेको जनाएका छन् ।
फेसबुकले क्रमिक रुपमा धेरै विकासशील राष्ट्रहरुलाई उपेक्षा गर्नुका साथै घृणायुक्त भाषण र चरमपन्थीलाई फस्टाउन अनुमति दिएको आरोप लागेको छ । अंग्रेजी भाषा बाहेकका अन्य भाषा बोल्ने देशहरुमा सरल नभएकाले पनि प्रयोगकर्तालाई बाधा भएको आरोपमा दाबी छ ।
फेसबुकको आन्तरिक अनुसन्धानलाई राम्रोसँग थाहा थियो कि लाइक र सेयर कार्यहरु, जून प्लेटफर्मको काम गर्ने मुख्य तत्वहरु हुन र यसले घृणायुक्त भाषणको प्रसारलाई तीब्ररुपमा फैलाएको अर्को आरोप छ ।










भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया