समस्यामा पर्यो फेसबुक

काठमाडौं । आन्तरिक गतिबिधिहरुकाबारेमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रशारण गरेपछि सोसल मिडिया फेसबुक समस्यामा परेको छ ।
फेसबुक पेपर्स नाममा ह्विसलब्लोअर फ्रान्सिस् होगनद्वारा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएका कागजात तथा शेयर नियामकमा बुझाइएको कागजातका आधार र सञ्चार माध्यमले प्रदान गरिएका कागजातको विवरण बाहिर ल्याएको हो ।
रोयटर्स, ब्लूमबर्ग, द वाशिङटन पोस्ट, न्यूयोर्क टाइम्स र अन्य १७ अमेरिकाका समाचार संस्थाहरुले संयुक्तरुपमा सो बारेमा गरिएको रिपोर्टिङले कम्पनीकाबारेमा भित्री चित्रण गरेकाले बारम्बार प्रयोगकर्ता सुरक्षामा प्रभुत्व र लाभको प्राथमिकता खोजेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था दी इकोनोमिक टाइम्सले जनाएको छ ।
फेसबुक मालिक जुकरबर्गलाई सन् २०२० को चुनावअघि अमेरिकामा स्पेनिस भाषाको मतदाता दर्ता अभियान चलाउने योजनालाई कुण्ठित गरेको आरोप पनि लागेको छ । उनले यो योजना गलत देखापरेको हुन सक्ने बताएका छन् । ब्लूमबर्गले फेसबुकको इंगेजमेन्ट मेट्रिक्समा मानिएको असफलतामा ध्यान केन्द्रित गरेको जनाएका छन् ।
फेसबुकले क्रमिक रुपमा धेरै विकासशील राष्ट्रहरुलाई उपेक्षा गर्नुका साथै घृणायुक्त भाषण र चरमपन्थीलाई फस्टाउन अनुमति दिएको आरोप लागेको छ । अंग्रेजी भाषा बाहेकका अन्य भाषा बोल्ने देशहरुमा सरल नभएकाले पनि प्रयोगकर्तालाई बाधा भएको आरोपमा दाबी छ ।
फेसबुकको आन्तरिक अनुसन्धानलाई राम्रोसँग थाहा थियो कि लाइक र सेयर कार्यहरु, जून प्लेटफर्मको काम गर्ने मुख्य तत्वहरु हुन र यसले घृणायुक्त भाषणको प्रसारलाई तीब्ररुपमा फैलाएको अर्को आरोप छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया