कांग्रेशको तरुण विभागले साफ उपविजेता टोलीलाई सम्मान

काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले आज नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानपत्र र नगद प्रदान गरे । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगद सहित सम्मान गर्ने जनाएको हो ।
सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया