कांग्रेशको तरुण विभागले साफ उपविजेता टोलीलाई सम्मान

काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले आज नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानपत्र र नगद प्रदान गरे । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगद सहित सम्मान गर्ने जनाएको हो ।
सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।










एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया