बुधबार, फागुन ७, २०८१

आजको राशिफल : कार्तिक ११ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक ११ गते ६:०५

आज २०७८ साल कार्तिक महिनाको ११ गते बिहीबार, कार्तिक कृष्णपक्षको सप्तमी तिथि, उप्रान्त अष्टमी तिथि रहेको छ ।

Advertisement
IMEnabil

मेष
मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । औषधीको कारोवार, गरगहनाको ब्यापार, न्याय क्षेत्र, प्रशासन, राजनीति, छालाजन्य कारोवार, श्रम क्षेत्र, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ ।

वृष
आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । आफ्ना सहकर्मी तथा माथिल्ला पदाधिकारीहरुसँग सन्तुलन कायम हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । ब्यापार विजनेश, वाणिज्य, बजारीकरण, राजनीति, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय सक्रिय छ ।

मिथुन
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जोश र जाँगर पैदा हुने छ । मनोकामना पुरा हुनेछ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्रति विश्वास गर्ने छन् । गाईपालन, दुध, पानी, पेय पदार्थ, मदिरा, कलेज तथा विश्वविद्यालय, बोडिङ्ग स्कूल, शिक्षा क्षेत्र, अध्ययन अध्यापन आदीमा सहभागिहरुको आम्दानी बृद्धि हुने छ ।

कर्कट
ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । आम्दानीमा पनि हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । बोलीको प्रभावकारितामा भने केही कमि आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् । लेखन, प्रवचन, अध्ययन अध्यापन, दार्शनिक तर्क वितर्क, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई शभ समय रहेको छ ।

सिंह
भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । उद्योग, कलकारखाना, चार्टड एकाउन्टेण्ट, आयात निर्यात, लेखा व्यवसाय, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलार्य समय शुभ रहेको छ ।

कन्या
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले धैर्य हुनु होला । भाग्यको साथ नभएकाले धेरै संघर्ष तर थोरै प्रतिफल आउने छ । मनमा दुविधा र अन्योलताले सताउने छ । अस्पतालजन्य खर्च गर्नै पर्ने अवस्था आउने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा केही राहत मिल्ने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत रहेको छ भने ब्यवसायमा रहेकाहरुको हकमा समय प्रतिकुल छ ।

तुला
प्रतिष्पर्धात्मक स्वाभाव हुनेछ । पारीवारिक मिलन हुने छ । दृढ खालको ब्यक्तित्व हुने छ तर रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनुहोला । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ । उद्योग कलकारखाना, ठेक्कापट्टा, छालाजन्य कारोवार, फोहर ब्यवस्थापन, फलाम, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।

वृश्चिक
अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति प्रगति हुनेछ । नेतृत्वदायी क्षमतामा आउने गिरावटले प्राप्त अवसरको सदुपयोग गर्न नसक्ने अवस्था आउने छ । राखिएका लक्ष्य वा सपना पुरा हुन निकै कठिन हुने छ । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । लेखन, पत्रकारिता, प्रकाशन, राजनीति, वाणिज्य, गरगहरनाको ब्यापार, व्यवस्थापन, बैंकिङ्ग जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।

धनु
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउन जाने छ । पेशागत जीवनमा बादबिबाद सृजना हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ तर ब्यवसायमा रहेकाहरुलाई भने समय प्रतिकुल छ । राजनीति, ठेक्कापट्टा, वाणिज्य, ब्यवस्थापन, गरगहनाको ब्यापार, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई सतर्क रहनु पर्ने समय छ ।

मकर
परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । अत्याधिक शारीरिक थकान हुने छ । भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जानेछ । तर मनमा भने नैराश्यता आउने छ । खेल जगत, जिमखाना सञ्चालन, घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, सेक्युरिटी पेशा, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय अनुकुल रहने छैन् ।

कुम्भ
मनमा निराशा भावले पिरोल्ने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने भएकाले धैर्यता काम राख्नुहोला । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । यसले गर्दा मनमा उदासिनता बढाउने छ । विद्यालय, कलेज, अध्ययन, अध्यापन, शिक्षा क्षेत्र, शिक्षक, स्टेशनरी, लेखन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ ।

मीन
सतर्कतापूर्वक पाईला चाल्नु पर्ने समय रहेको छ । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योल बनाउने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुन पुग्दा झैझगडाको अवस्था आउने छ । आम्दानीमा कमि आउने छ । वाणिज्य क्षेत्र, मेडिकल, ब्यवस्थापन, पत्रकारिता आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई भने समय अनुकुल बन्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया