अधिकांश देशको विनिमय दर घट्यो

काठमाडौँ । साताका चौथो दिन बुधबार अमेरिकी डलर लगायतक केही देशको विनिमयदर घटेको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ २४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६५ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १६६ रुपैयाँ १५ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ९० रुपैयाँ २८ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८० पैसा, बिक्रिदर ९७ रुपैयाँ २९ पैसा कायम भएर वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ३४ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५० पैसा, बिक्रिदर १० रुपैयाँ ५५ पैसा छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८५ पैसा, बिक्रिदर २९ रुपैयाँ कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा कायम भएको छ ।
















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया