मंगलबार, फागुन ६, २०८१

रवीन्द्र मिश्रको विवादित दस्तावेज पारित

मेरोन्यूज २०७८ कार्तिक ११ गते १५:३४

काठमाडौँ । विवेकशील साझा पार्टी केन्द्रीय समितिको बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’लाई अंगीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

Advertisement
IMEnabil

स्थानीय तहलाई पुनःर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ भने पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाई उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने तथा राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रमक रूपमा अघि बढ्ने निर्णय पनि गरेको बताइएको छ ।

प्रतिक्रिया