गुठीचौर गाउँपालिकाका एकल पुरुषले भत्ता पाउने
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:००
काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष ०७८–७९ मा एकल पुरुषलाई भत्ता दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने जानकारी दिएका हुन् । उनका अनुसार उनीहरूलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने भएको हो । यसका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जनाए ।
नेपाल सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर, गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिने व्यवस्था गरेको हो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया