एमालेको १० औँ महाधिवेशनमा १,५३६ जना प्रतिनिधि हुने
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १९:३३

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा एक हजार ५३६ जना महाधिवेशन प्रतिनिधि हुने भएको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले उक्त संख्यामा प्रतिनिधि हुने जानकारी दिएका हुन् ।
यस्तै, उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने समेत जानकारी दिए । महाधिवेशनमा ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने छन् ।
स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए । एमालेकाे १० औँ महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुने भएको छ ।
सम्बन्धित
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया