बुधबार, फागुन ७, २०८१

एमालेको १० औँ महाधिवेशनमा १,५३६ जना प्रतिनिधि हुने

मेरोन्यूज २०७८ कार्तिक ११ गते १९:३३

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा एक हजार ५३६ जना महाधिवेशन प्रतिनिधि हुने भएको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले उक्त संख्यामा प्रतिनिधि हुने जानकारी दिएका हुन् ।

Advertisement
IMEnabil

यस्तै, उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने समेत जानकारी दिए । महाधिवेशनमा ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने छन् ।

स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए । एमालेकाे १० औँ महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुने भएको छ ।

प्रतिक्रिया