आजको राशिफल : कार्तिक १२ गते शुक्रबार

आज २०७८ साल कार्तिक महिनाको १२ गते शुक्रबार, कार्तिक कृष्णपक्षको अष्टमी तिथि ।
मेष
परिवारमा मिलन र प्रेम बढ्ने छ । नकारात्मक प्रकारका सपनाहरुले गर्दा तनाव बढाउने छ । मनोबल उच्च हुने भएकाले समस्याहरुसँग जुधेर अघि बढ्न उर्जा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ ।
वृष
यात्राका क्रममा समस्याहरु झेल्नु पर्ने छ । मिठा मिठा खानेकुरा खान पाइने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशाप्रति निष्ठावान व्यक्तित्व हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ ।
मिथुन
व्यावहारिक जीवनमा कठिनाइहरुको सामना गर्नु पर्ने छ । प्रेममा भने सफलता मिल्ने छ । अनौठा खाले घटनाक्रमले गर्दा मनमा एक खालको तनाव थपिदिने छ । तर पनि भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने आउने छैन् । पेशागत जीवन सकारात्मक रहने छ ।
कर्कट
साथिभाइको साथले गर्दा रोमाण्टिक मुड सृजना हुने छ । रङ्ग रमाइलो र मनोरञ्जनमा सहभागि हुन पाइने छ । मिठामिठा खानेकुराहरुको उपभोग गर्न पाइने छ । पेशागत जीवनमा भने केही अड्चनहरु आउने छन् ।
सिंह
अरुको उक्साहटले गर्दा जोखिमपूर्ण कदमहरु उठाउन मनमा लहर आउने छ । साहसिक खेलमा सहभागि हुन पाइने छ । आम्दानीमा केही बृद्धि हुने र मनोबलमा पनि उचाई थपिने छ । पेशागत जीवन औसत रहने छ । जीवनसाथिसँग भनाभन हुने छ ।
कन्या
मान मर्यादामा ह्रास आउने छ । सामाजिक जीवनमा पनि भएको उचाईमा गिरावट आउने छ । प्रेममा धोका हुने छ । आर्थिक लेनदेनमा पनि धोका हुने समय सक्रिय रहेकाले आर्थिक कारोवारमा संयमित रहनु नै बुद्धिमानी हुने छ । पेशागत जीवनमा धैर्य रहनु होला ।
तुला
आर्थिक अवस्था असन्तुलित हुन पुग्ने छ । यथार्थ भन्दा कल्पनात्मक विचारले अत्याधिक रुप लिने छ । जसले गर्दा मानिसहरुले भावनात्मक मानिसको रुपमा अनुभुत गर्ने छन् । पेशागत जीवनमा धैर्य रहनु होला । सवारीसाधन सम्बन्धि विषयमा विस्तारै हाक्नु नै उपयुक्त हुने छ ।
वृश्चिक
आर्थिक क्षति व्योहर्नु पर्ने छ । विगतका स्मृतिहरुले अत्याधिक सताउने छ । जसले गर्दा पश्चातापको जस्तो अनुभूति हुने छ । पेशागत क्षेत्रमा अनेकौ लाञ्छनाहरुको सामना गर्नु पर्ने छ । खासगरी विपरित लिङ्गीसँगको व्यावहारमा विशेष सतर्क रहनु होला ।
धनु
सृजनात्मक क्षेत्रमा लागेकाहरुले नयाँ नयाँ सृजना गर्न सक्ने छन् भने अन्य क्षेत्रका लागि भने केवल कल्पना मात्रमा सीमित हुने छ । विचार र कल्पनात्मक स्वाभाव हुने छ । प्रेममा भने सफलता मिल्ने छ । न्याय क्षेत्रमा रहेकाहरुले समस्या खेप्नु पर्ने छ ।
मकर
उत्साह र उमङ्ग आउने छ । नयाँ कामको थालनी हुने छ । अरुले कदर गर्ने छन् भने सामाजिक रुपमा पनि प्रतिष्ठा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति नभए पनि अवनति पनि हुने छैन् । सार्वजनिक सवारीसाधन तथा औद्योगिक क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ ।
कुम्भ
बोलीको प्रभाव बढ्ने छ । उपहार प्राप्त हुने छ । नयाँ नयाँ क्षेत्रको योजना बन्ने छ । परिवारमा सम्बन्धहरुमा सुधार आउने छ । अरुको लागि गरिएको सहयोगले आफ्ना लागि पनि सकारात्मक नतिजा दिन थाल्ने छ । पेशागत जीवनमा स्थिरता आउने छ ।
मीन
प्रेममा धोकाका क्रम देखिने छन् वा शंका आशंकाका कारण तिक्तता बढ्न जाने छ । अपेक्षा नै नगरिएको आर्थिक लाभ भने प्राप्त हुने छ । तर प्राप्त रकम पनि सोही जस्तै तरीकाले गुम्ने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शत्रुतापूर्ण व्यावहारबाट सम्बन्धहरु कटुतापूर्ण बन्न पुग्ने छन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया