कांग्रेस महाधिवेशन मंसिरभित्र नसके निर्वाचन गुम्ने खतरा

काठमाडौं । गत मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पदाधिकारी र निर्वाचन समितिको बैठकमा पार्टीका महाधिवेशन तोकिएको मितिमा नहुँदा बैधानिकता नै संकटमा परेको भन्दै पदाधिकारीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग प्रश्न गरेका थिए ।
उक्त बैठकमै पार्टी सभापति देउवालाई पदाधिकारीहरुले पार्टी संकटमा पर्ने भन्दै पटक पटक ध्यानाकर्षण गरेपछि देउवाले मंसिरमै केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न निर्देशन दिए ।
निर्वाचन समितिको बुधबार बैठक बस्यो । समितिको बुधबारको बैठकले मंसिरको अन्तिम साता अधिवेशन गर्ने निर्णय गर्यो । तर बिहीबार बेलुका पुनः बसेको निर्वाचन समितिको बैठकपछि एउटा सूचना जारी गरेर मंसिर २४ देखि २७ मा निर्वाचनको मिति तोक्यो ।
तर यसअघि पनि पार्टीका शिर्ष नेताहरुलाई निर्वाचन आयोगले पटक पटक पार्टी अधिवेशन गर्न सुझाव दिँदै आएको थियो ।
त्यो कुरालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवललाई आयोगका ती उच्च अधिकारीले छिटो महाधिवेशन सक्ने सुझाए ।
‘पटक पटकको अनुरोधमा पनि महाधिवेशनमा वेवास्ता गरेको भन्दै ती उच्च अधिकारीले मंसिर अन्त्यसम्ममा महाधिवेशन नगरे राष्ट्रियसभामा भाग लिनै नपाउने अवस्था आउन सक्ने चेतावनी दिए,’ देउवा पक्षका एक नेताले भने ।
‘उनले निर्वाचन आयोगको अडानले नै मंसिर २७ भित्र केन्द्रीय अधिवेशन गर्ने तयारी अघि बढेको जानकारी दिए । ती नेताले भने, ‘अब भने महाधिवेशन तोकिएकै मितिमा हुने भयो नसर्ने भयो ।’
संस्थापन ईतर समुहका एक पदाधिकारीले अब पनि तोकिएको समयभित्र महाधिवेशन गर्न नसके कांग्रेसले तीनै तहको निर्वाचन गुमाउनुपर्ने अवस्था आउन सक्ने आशंका गरेका छन् ।
राष्ट्रियसभाका २० सांसदको चार वर्षको अवधि फागुन २१ गतेबाट सकिदैछ । राष्ट्रियसभा सदस्यको समयावधि सकिनु एक महिनाअघि नै निर्वाचन भइसक्नुपर्ने हुन्छ । त्यसैले आगामी मंसिरमा महाधिवेशन नगरेमा कांग्रेस निर्वाचन बञ्चित हुन सक्ने सक्ने निर्वाचन आयोगका अधिकारीले संकेत गरेपछि कांग्रेस झस्किएको छ ।
आयोगले राष्ट्रियसभा निर्वाचन माघको ७ गते गर्ने प्रस्ताव अघि सारिसकेको छ । कांग्रेसले निर्वाचन तालिका फेरबदल गर्न पटक पटक आग्रह गरेपनि आयोगले समस्या तेर्साएको छ ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्वले २०७७ फागुन २० गते नै वैधानिकता गुमाएको थियो । तर कोरोना महामारी देखाएर कांग्रेसले ६ महिना थप गर्न पाउँ भनि निर्वाचन आयोगमा निवेदन दिएको थियो । पार्टीले वैधानिकता गुमाउने डरले भदौ १८ मा केही जिल्लामा वडा अधिवेशन सुरु गरेको थियो । हालसम्म ५७ जिल्लामा वडा अधिवेशन सकिएको छ भने १४ जिल्लामा जिल्ला अधिवेशन पनि सकिएको छ ।
कांग्रेस निर्वाचन समितिले जारी गरेको नयाँ तालिकाअनुसार कात्तिक ३० गते रोकिएका जिल्लामा वडा अधिवेशन, नगर र पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश र क्षेत्रीय मंसिर ३, प्रतिनिधिसभा वा एक मात्र प्रतिनिधिसभा भएका जिल्लामा मंसिर ६ गते गर्ने उल्लेख छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया