एमाले महाधिवेशन तयारीः १२ उपसमिति गठन
सौराहामा महाधिवेशन, प्रतिनिधि १९९९

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको हो ।
पार्टीका केन्द्रिय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ ।
त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ ।
बैठकले पार्टीको अर्काे केन्द्रिय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
१२ उपसमिति गठन
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।
महाधिवेशन मूल व्यवस्थापन समितिको शुक्रबार च्यासलमा बसेको बैठकले विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको हो ।
संयोजक रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयम्सेवक परिचालन गठन गरेको छ ।
यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि गठन गरिएका छन् ।
बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका थिए । एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
धादिङ बस दुर्घटनाको छानबिन गर्न गृहका सहसचिवको नेतृत्वमा कार्यदल गठन
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया