तपाईको साप्ताहिक राशीफल, कस्तो छ साता ?

काठमाडौँ । आज २०७८ साल कार्तिक महिनाको १३ गते शनिबार । राशीअनुसार तपाईको यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशीका व्यक्तिहरुलाई यो साता धेरै शुभ रहने छैन । आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । मनमा बेचैनी र निराशाले घेर्ने छ । पेशागत जीवनमा भनाभन र आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । जीवनसाथीको सहयोग र सद्भावले कठिन परिस्थिति सम्हाल्न ठूलो मद्दत मिल्ने छ । अन्य परिवारका सदस्यहरुका बीचमा भने बेमेलको अवस्था आउने छ ।
वृष
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । पेशागत जीवनमा आफ्नो भूमिकाको कदर हुनेछ । आँटेका कामहरुमा नतिजा प्राप्त हुन थाल्ने छ । थालिएका नयाँ काममा प्रगति हुने छ । मित्र बन्धुहरुसँग मिलन हुने छ । सामाजिक उत्तरदायित्व पनि थपिने छ । तर दाम्पत्य जीवनमा भने केही मधुरताको कमी हुन जाने छ ।
मिथुन
यस राशीका व्यक्तिहरुलाई यो साता मध्यम प्रकृतिको रहने छ । मनोरञ्जनात्मक गतिविधिमा मन जाने छ । रोमाण्टिकपनामा पनि निकै वृद्धि हुने छ । अम्दानीमा हुने वृद्धिसँगै खर्चको मात्रा पनि उत्तिकै बढ्न पुग्ने छ । बोली प्रभावकारी हुने हुँदा यसले पेशागत जीवनलाई मद्दत पुर्याउने छ । निर्णय प्रकृयामा भने केही गलत अवस्था आउने छ ।
कर्कट
यस राशीका व्यक्तिहरुलाई यो साता केही सुधार आउने छ । आर्थिक सन्तुलनतर्फ जाने छ । पेशागत जीवनमा पनि केही सन्तोषजनक अवस्था आउने छ । मनमा भने अझै निराशाको अवस्थाहरु कायम नै रहने छ । विशेष गरी विगतका विषयहरुले मनमा एकतमास चिन्तन ल्याइदिने छ । दाम्पत्य जीवनमा भने मधुरता कायम नै रही रहने छ ।
सिंह
यस राशीका व्यक्तिहरुलाई यो साता औसतमा सकारात्मक खालको रहने छ । आर्थिक जीवनमा सन्तुलन कायम हुने छ । पेशागत जीवनमा भने अलि प्रतिस्पर्धात्मक हिसाबले अघि बढ्नु पर्ने छ । सामाजिक काममा प्रगति हुने छ तर गरे अनुसारको कदर भने मिल्ने छैन । स्वास्थ्यसम्बन्धि समस्याहरु निराकरण तर्फ जाने छन् ।
कन्या
यस राशीका व्यक्तिहरुलाई यो साता असन्तुलित रहने छ । खासगरी स्वास्थ्य समस्याका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा धाउनु पर्ने हुने छ । खर्च पनि बढ्ने र मानसिक रुपमा दबाबमा रहने छ । बोलीको प्रभावमा गिरावट आउने छ । कृषि कार्यमा रहेकाहरुको हकमा केही राहत मिल्ने छ । परिवारको साथले केही राहत अवश्य मिल्न जाला ।
तुला
यस राशीका व्यक्तिहरुलाई यो साता मध्यम खालको रहने छ । भोज तथा पार्टीहरुमा सहभागी हुन पाइने छ । मिठा मिठा खानेकुराको रसस्वादन मिल्ने छ । कडा शैलीको मानिस हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । आर्थिक रुपमा सहजता उत्पन्न हुने छ । परिवारमा भने किचलो उत्पन्न हुने छ ।
वृश्चिक
यस राशीका व्यक्तिहरुलाई यो साता प्रतिकूल नै रहने छ । मुख्य गरी कूलततर्फ मन धेरै जाने भएकाले यस विषयले परिवारमा निकै तनाव निम्त्याई दिने छ । भाग्यले साथ नदिएका कारण चालिएका कदमहरुमा अवरोधहरु आउने छन् । आफन्तसँग ठिकै खालको सम्बन्धमा विश्वास गर्नु उपयुक्त हुने छ । खराब मानिसहरुको संगत त्याग्नेतर्फ दृढ निश्चयी रहनु नै उपयुक्त हुने छ ।
धनु
यस राशीका व्यक्तिहरुलाई यो सातामा केही सुधार हुने छ । जीतको अवस्थातर्फ विषयवस्तु देखिने हुनाले मनमा आँट र भरोषा उत्पन्न हुने छ । उल्झनहरु समाधानतर्फ जाने संकेत मिल्ने छ । परिवारका सदस्यहरुको विश्वास भने पुनः आर्जन हुन सक्ने छैन । आर्थिक दबाब सृजना भए पनि आफन्तको साथमा उपाय सुल्झने छ । पेशागत जीवनमा अन्योलता कायम नै रहने छ ।
मकर
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक नै रहने छ । पेशागत जीवनमा उचाईहरु देखा पर्ने छ । सृजनशिल कार्यहरु हुने छन् । पुरस्कार तथा कदरहरु प्राप्त हुने योग रहेको छ । आर्थिक रुपमा दृढता बढ्ने छ । परिवारमा शान्ति र कदर हुने छ । व्यावसायिक गतिविधिप्रति भने धेरै उत्साह रहने छैन । स्वास्थ्यमा समस्या देखा पर्ने छ ।
कुम्भ
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक बन्न सक्ने छैन । पारिवारिक किचलोका कारण मानसिक दबाब सृजना हुने छ । पेशागत जीवन भने सन्तुलित नै रहने छ । आम्दानीमा झिनो वृद्धि हुने छ भने भविष्यमा हुने कार्यहरुका बारेमा केही प्रगति हुन जाने छ । अनावश्यक विषयका तनावले गर्दा मानसिक रुपमा दबाब खेप्नु पर्ने छ ।
मीन
यस राशीका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । र, ती कामहरु सकारात्मक पनि बन्ने छ । आर्थिक कमाईमा वृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने भएता पनि रिस कडा हुँदा अरुको मूल्यांकन गलत हुने छ । मित्रतामा तिक्तता आउने भएकाले संयमित रही व्यावहार गर्नु नै उपयुक्त हुने छ । प्रशासनिक झमेला व्योहर्नु पर्ने छ ।
(गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन्)










कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया