नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी आज आइपुग्ने
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १४:०७

काठमाडौँ । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार नेपाल आइपुग्ने भएका छन् । साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्याएका उनी नेपाल नआउने घोषणा गर्दै कतार पुगेका थिए ।
अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको छलफल गरी नेपाल आउने निर्णय गरेका हुन् ।
उनी साँझ कतार एयरवेजको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया