मंगलबार, फागुन ६, २०८१

आजको राशिफल : कार्तिक १४ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक १४ गते ६:०६

आज २०७८ साल कार्तिक महिनाको १४ गते आइतबार, कार्तिक कृष्णपक्षको दशमी तिथि ।

Advertisement
IMEnabil

मेष
मनमा एक तमासको निराशाले सताइ रहने छ । आर्थिक अन्तुलनका कारण पारीवारिक जीवनमा दबाब उत्पन्न हुने छ । पेशागत क्षेत्रमा धैर्य र संयमित भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । परिवारमा वैमनश्यता देखिने हुँदा सामाजिक रुपमा अरुले कुरा काट्ने छन् ।

वृष
सामाजिक रुपमा प्रतिष्ठा बढ्ने छ । आर्थिक रुपमा आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा निरन्तरता सहित सन्तुलन कायम हुने छ । यस अघि चालिएका कार्यहरुमा सफलता प्राप्त हुने छ । परिवारको सम्बन्ध ठिक नै रहेता पनि दाम्पत्य जीवनमा भने झैझगडाले स्थान पाउने छ ।

मिथुन
खर्च धेरै बढ्न पुग्ने छ । खासगरी किनमेलमा धेरै रकमहरु खर्च हुन जाने छ । रोमाण्टिकपना कायम रहने छ । प्रभावकारी बाणिका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । निर्णय क्षमतामा गिरावट आउने हुँदा अन्योलता रहने छ ।

कर्कट
मनमा निराशाका बादल एकतमासले आउने हुँदा अन्योल छाइरहने छ । आर्थिक स्रोत टुट्न जाँदा बिग्रने आर्थिक सन्तुलनले मनमा निरुत्साह आउने छ । पेशागत क्षेत्रको सँलग्नतामा अवस्था औसत रहने छ । दाम्पत्य प्रेम बढ्ने छ ।

सिंह
आम्दानीमा केही बृद्धि देखिने छ । जोखिमपूर्ण क्षेत्रमा सँलग्नहरुलाई समय अनुकुल देखिन्छ । समाजमा प्रतिष्ठा बढ्ने छ भने आलोचनाहरु कम हुने छन् । स्वास्थ्यमा समस्या आउने हुँदा अस्पताल धाउनु पर्ने हुन सक्छ ।

कन्या
मानसिक रुपमा अन्योलता बढ्ने छ । स्वास्थ्य समस्या देखा पर्ने छ । बोलीको प्रभाव घट्न जाँदा अविश्वास पैदा हुने छ । परिवारको साथ मिल्ने हुँदा केही राहत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ ।

तुला
रङ्ग रमाइलोमा सहभागि हुन पाइने छ । रोमाण्टिक प्रकारको प्रकृति हुँदा अरुसँग सहजै मिल्ने स्वाभाव हुने छ । आम्दानीमा बृद्धि हुने छ भने खर्चमा पनि बृद्धि हुन जाने छ । परिवारमा बादबिबाद र झै झगडा उत्पन्न हुने छ ।

वृश्चिक
संगतहरुमा विशेष गरी ध्यान दिनु होला । परिवन्धमा परेर पनि प्रशासनिक प्रकारका झमेलाहरु भोग्नु पर्ने चुनौति देखिन्छ । कुलतका क्षेत्रहरुका कारण बदनाम हुने देखिन्छ । भाग्यको साथ रहेको छैन् । परिवारका मानिसहरुले तनाव भोगेको अनुभव भई दुखित हुन पुग्ने छन् ।

धनु
औसत खालको समय रहेको छ । आँट र भरोषामा बृद्धि हुने छ । समस्याहरु समाधान तर्फ जाने र त्यसले राहत मिल्ने छ । परिवारका सदस्यहरुले शंकाको दृष्टिले हेर्ने र विश्वास गर्ने छैनन् । आर्थिक असन्तुलन बिग्रने हुँदा ऋणमा फसिने देखिन्छ । पेशागत जीवन भने सन्तोषजनक नै रहने छ ।

मकर
पेशागत जीवनमा सफलता मिल्ने छ । प्राप्त जिम्मेबारीमा सफलता मिल्ने छ । समाजबाट पनि कदर प्राप्त हुने छ । सृजनाका लहरहरु आउने छन् । आम्दानीमा बृद्धि हुने छ । परिवारमा रमाईलो गर्न पाइने छ । शारीरिक रुपमा स्वास्थ्य समस्या देखिने छ ।

कुम्भ
पेशागत जीवन औसत खालको हुने छ । परिवारमा भने किचलो र झैझगडा हुने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । नयाँ नयाँ काम शूरु गरौँ गरौँ लाग्ने छ । तर भविष्य प्रतिको चिन्ताले अनावश्यक दबाब थपि दिने छ । सपना नकारात्मक देखा पर्ने छ ।

मीन
आम्दानीमा बृद्धि हुने छ । प्रभावकारी बोली हुँदा अरुको मन जित्न सकिने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा कडा खालको व्यक्तित्व हुने हुँदा त्यसमा नरमपना ल्याएमा शुभ रहने छ । यस अघि भइ आएका मित्रतामा कटुता देखा पर्ने छ । पेशागत जीवन अपेक्षाकृति हुने छैन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया