मंगलबार, फागुन ६, २०८१

रथीमा पदोन्नती भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान

मेरोन्यूज २०७८ कार्तिक १४ गते १२:३९

काठमाडौँ । नेपाली सेनाको रथी पदमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उनलाई आइतबार जंगी अड्डामा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Advertisement
IMEnabil

गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई रथी पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । दर्जानी चिन्ह प्रदान समारोहमा सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया