आजको राशिफल : कार्तिक १५ गते सोमबार

आज २०७८ साल कार्तिक महिनाको १५ गते सोमबार, कार्तिक कृष्णपक्षको एकादशी तिथि, आज रमाएकादशी रहेको छ ।
मेष
अरुको स–सानो आलोचनाले पनि मनमा धेरै खिन्नता सृजना गरिदिने छ । मनमा दोहोरो कुरा खेलिरहने छ । आर्थिक हिसावले हेर्दा केही दबाब निरन्तर रहने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई ध्यान दिनु नै उपयुक्त होला । परिवारमा किचलोका कारण मनमुटाव रहने छ ।
वृष
आम्दानीमा बृद्धि भए तापनि त्यसको प्रतिफल भने न्युन नै हुन जाने छ । समय उपयुक्त रहने नै देखिन्छ । खर्चका मात्राहरु पन िबढ्न पुग्ने छन् । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । पपरिवारमा मधुरताका क्रम देखा पर्ने छ । सामाजिक रुपमा भने सम्मान प्राप्त हुने छ ।
मिथुन
नयाँ नयाँ स्थानको भ्रमणको अवसर पनि प्राप्त हुने छ । बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । रङ्ग रमाईलोको वातावरण मिल्ने छ । निर्णय क्षमतामा सुधार आउने भएकाले आफ्नो मनोबलमा सुर आउने छ । खर्चको मात्रा भने धेरै हुने छ ।
कर्कट
समय अलि प्रतिकुल नै रहेको देखिन्छ यसले गर्दा मनोबलमा कमि ल्याउने र ग्लानि बढाउने छ । जीवनसाथिको साथले कठिनाईलाई पार लगाउन मद्धत मिल्ने छ । पेशागत क्षेत्रमा केही सुधार आउने छ भने सन्तुलनको आभाष हुने छ ।
सिंह
सामाजिक रुपमा छवि कायम हुने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भने अन्य खर्चहरु पनि बृद्धि हुने छन् । मित्रतामा केही कटुता देखा पर्ने छ भने अविश्वास उत्पन्न हुने छ ।
कन्या
स्वास्थ्य समस्याले च्याप्दा पेशागत कामहरु अवरुद्ध हुने छन् । खर्चहरु बढ्ने हुँदा आर्थिक रुपमा तनाव थपिने र ऋण लाग्ने देखिन्छ । परिवारमा मधुरता आउने छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु नै उचित हुने छ । पेशागत जीवन सन्तुलन राख्न प्रयास गर्नु होला ।
तुला
रमाईलो खालको स्वाभावले गर्दा साथिभाइको मन जित्न सकिने छ । रोमाञ्चक यात्रा हुने छ । तर यात्रामा केही कठिनाईको सामना भने अवश्य गर्नु पर्ने छ । योजना बनाए भन्दा खर्चमा बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्दा आर्थिक पक्ष भने सन्तुलित नै रहने छ । परिवारको मन जित्ने प्रयास गर्नु होला ।
वृश्चिक
सामाजिक छवी र प्रतिष्ठामा गिरावट आउने छ । संयमित रही जीवनका पाइलाहरु चाल्नु पर्ने समय रहेको छ । खासगरी बादबिबाद तथा झैझगडा र प्रशासनिक क्षेत्रमा धाउनु पर्ने अवस्था आउने जोखिम देखिन्छ । भाग्यहिनताका कारण कमजोर अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारका सदस्यहरुले पनि धेरै साथ र सहयोग गर्ने छैनन् ।
धनु
पेशागत क्षेत्रमा हौसला प्राप्त हुने छ । परिवारमा अन्योलताको अवस्था आउने छ । मनोबलमा बृद्धि हुने छ तर बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले यसमा विचार गदा उपयुक्त हुने छ । एक अर्काप्रति अविश्वासको अवस्था देखा पर्ने छ । आर्थिक रुपमा केही चुनौतिपूर्ण समय रहेको छ ।
मकर
आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था मजबुद बन्ने छ । तर अस्पतालको खर्च बृद्धि हुने छ । पेशागत क्षेत्र सहज रहने छ । परिवारमा पनि कदर बढ्न जाने छ भने समाजबाट पनि मानसम्मान प्राप्त हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ ।
कुम्भ
कल्पना र भावनात्मक पक्षले बढि स्थान पाउने छ । सृजनशिलतामा बृद्धि हुने छ । नयाँ कामको शूरुवात गर्ने वा अध्ययन क्षेत्रमा प्रगति हुने छ । पेशागत क्षेत्र सहज रुपमा अघि बढ्ने छ । आम्दानी औसत रहने छ । परिवारमा बैमनश्यता रहने छ ।
मीन
प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द लाग्ने हुने छ । आँटिलो व्यक्तित्व हुने छ । धर्म अध्यात्मप्रति निकै मन जाने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि गिरावट पनि हुने छैन् । पेशागत जीवन सन्तुलित रहने छ । अनावश्यक बादबिबादबाट जोगिनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया