प्रदेश १ मा पनि एमालेको सरकार ढल्दै, आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदैछन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
आज साढे १२ बजे बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावमाथि छलफल गरेर मत विभाजन गर्ने कार्यसूची तय गरिइएको छ । नेकपा एमाले विभाजन भएर प्रदेशसभाका १० सांसदले एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका थिए ।
गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य एमालेको विभाजन भएपछि अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्था अनुसार यही कात्तिक ७ गते विश्वसको मत लिने तयारीमा रहेका आचार्य कांग्रेस र एमालेको आग्रहमा प्रदेशसभाको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । ९२ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यक पर्छ ।
मुख्यमन्त्री आचार्यसँग एमालेका ३९ सांसद रहेका छन् । यस्तै विपक्ष गठबन्धनसँग ५० सांसद रहेको बताइएको छ । जसमध्ये नेपाली कांग्रेससँग २१, नेकपा माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीमा १०, जनता समाजवादीमा तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद रहेका छन् भने एक स्वतन्त्र सांसद रहेका छन् । प्रदेश सभाको अंक गणित अनुसार विपक्ष गठबन्धको सरकार बन्ने निश्चित छ ।
आइतबार बसेको विपक्ष गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यको विपक्षमा मत दिने निर्णय गरेको थियो । गठबन्धनले मुख्यमन्त्री आचार्यको विपक्षमा एकजुट भएर मतदान गर्ने निर्णय गरेको थियो । यस्तै गठबन्धनको बैठकले एकीकृकत समाजवादी प्रदेश एकका संसदीय दलका नेता राजेन्द्र राइलार्य आगामी मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको साझा उम्मेद्वारका रुपमा राइलाई अघि सारेको हो । यस्तै मुख्यमन्त्री आचार्यले विश्वसको मत लिनुभन्दा अगाडि नै मुख्यमन्त्रीबाट राजीनामा दिन सक्ने पनि बताइएको छ । प्रदेश सभामा एमाले अल्पमतमा रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गरेर पदबाट राजीनामा दिने तयारी भएको बताइएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया