प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ, ११ फागुन: डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ ।
सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे । त्यस अवसरमा उनले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरे ।
मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको उपस्थिति रहेको थियो ।
डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्नका लागि प्रहरीले प्रविधिमैत्री संयन्त्र बनाएको त्यस अवसरमा जानकारी दिइयो ।
आगामी दिनमा हुने सम्भावित जोखिम न्यूनीकरण र नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाएर सुरक्षा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।
संवेदनशील तथा महत्त्वपूर्ण क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट ‘डेटा’ लिएर प्रवृत्तिको विश्लेषण गरिने जनाइएको छ ।
डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेकातर्फ ध्यान दिँदै प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’बाट सिर्जित झुटा सामग्रीहरू सबैको साझा चिन्ताको विषय बनेकोसमेत जनाएको छ ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया