आइसीसी टी २० मा आज इंग्ल्याण्ड र श्रीलंका भिड्ने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:११

काठमाडौँ । आइसीसी टी २० विश्वकप क्रिकेटमा सोमबार एक खेल हुँदै छ । विश्वकपअन्तर्गत आजको खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने छन् ।
सारजाह रंगशालामा हुने खेल राति ७ः४५ बजे सुरु हुने छ । समूह १ मा रहेको इंग्ल्याण्ड ३ खेलमा अपराजित रहेको छ । इंग्ल्याण्ड ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्याण्डले यसअघि वेस्ट इण्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंका भने ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आज इंग्ल्याण्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । तर, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग पराजित भएको थियो ।
यी दुई देशबीचको पछिल्लो खेलमा इंग्ल्याण्ड हाबी हुँदै आइरहेको छ । पछिल्लो पाँच खेलमा इंग्ल्याण्डले सतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको थियो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया