आइसीसी टी २० मा आज इंग्ल्याण्ड र श्रीलंका भिड्ने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:११

काठमाडौँ । आइसीसी टी २० विश्वकप क्रिकेटमा सोमबार एक खेल हुँदै छ । विश्वकपअन्तर्गत आजको खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने छन् ।
सारजाह रंगशालामा हुने खेल राति ७ः४५ बजे सुरु हुने छ । समूह १ मा रहेको इंग्ल्याण्ड ३ खेलमा अपराजित रहेको छ । इंग्ल्याण्ड ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्याण्डले यसअघि वेस्ट इण्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंका भने ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आज इंग्ल्याण्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । तर, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग पराजित भएको थियो ।
यी दुई देशबीचको पछिल्लो खेलमा इंग्ल्याण्ड हाबी हुँदै आइरहेको छ । पछिल्लो पाँच खेलमा इंग्ल्याण्डले सतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको थियो ।
सम्बन्धित









बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया