नेप्सेमा गिरावटः ७ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्मा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको दोस्रो दिन सोमबार १७.७५ अंकले घटेको छ ।
लगातार ६ दिन शेयर कारोबारमा उकालो लागेको नेप्से सोमबार अर्थात् कारोबारको सातौं दिन ओरालो लागेको छ । आइतबार बजार परिसूचक ५५.५० अंकले बढेको थियो । बजार परिसूचक अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले कम भई २८१९.८६ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २२६ कम्पनीका ८० हजार ३ सय ५१ कारोबारबाट ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रुपैयाँ बराबरका १ करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता शेयर किनबेच भए ।
बजार परिसुचक ओरालो लागेपनि पनि कारोबार भएका १३ कम्पनी समुहका सुचकमध्ये बैंकिङ, होटेल तथा पर्यटन र लगानी उपसूचकमा भने वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.२५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.२३ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर उपसूचकमा सवार्धिक २.३३ प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक उपसूचक १.८१ प्रतिशत, लघुवित्त उपसूचक १.६२ प्रतिशत र वित्त कम्पनी उपसूचकमा १.६३ प्रतिशतले घटेको स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेख छ ।










थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया