नेप्सेमा गिरावटः ७ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्मा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको दोस्रो दिन सोमबार १७.७५ अंकले घटेको छ ।
लगातार ६ दिन शेयर कारोबारमा उकालो लागेको नेप्से सोमबार अर्थात् कारोबारको सातौं दिन ओरालो लागेको छ । आइतबार बजार परिसूचक ५५.५० अंकले बढेको थियो । बजार परिसूचक अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले कम भई २८१९.८६ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २२६ कम्पनीका ८० हजार ३ सय ५१ कारोबारबाट ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रुपैयाँ बराबरका १ करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता शेयर किनबेच भए ।
बजार परिसुचक ओरालो लागेपनि पनि कारोबार भएका १३ कम्पनी समुहका सुचकमध्ये बैंकिङ, होटेल तथा पर्यटन र लगानी उपसूचकमा भने वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.२५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.२३ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर उपसूचकमा सवार्धिक २.३३ प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक उपसूचक १.८१ प्रतिशत, लघुवित्त उपसूचक १.६२ प्रतिशत र वित्त कम्पनी उपसूचकमा १.६३ प्रतिशतले घटेको स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेख छ ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया