किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा

उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन् ।
राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनकी किशोर छोरीको उपस्थितिलाई विशेष रूपमा देखाइएको छ, जसले उत्तराधिकार सम्बन्धी अड्कलबाजीलाई पुनः बल दिएको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले शुक्रबार पार्टी र सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षको अवधिमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गरेकाे बताइएको छ ।
सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम यो जोङसहित अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ ।
रिपोर्टले किमकी बहिनी किम यो जोङ हाल पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ ।
उनले पछिल्ला वर्षहरूमा वासिङ्टन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आएकी छिन् । नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन र सञ्चालनमा उनको प्रभाव विस्तार भएको सङ्केत गर्दछ ।
तस्बिरहरूमा किमकी छोरी पनि राइफल समातेको देखिएकी छन् । नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी किम जु ए त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम र कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन् ।
हाल करिब १३ वर्षकी मानिने उनलाई उत्तराधिकारी बनाउने तयारीबारे दक्षिण कोरियाली अधिकारीहरूले चासोपूर्वक निगरानी गर्दै आएका छन् ।
सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो ।
बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहो¥याएर जोड दिएका थिए ।
साथै दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको सङ्केत गरेका थिए, तर आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह दोहोर्याए ।
दक्षिण कोरियाको जासुसी निकायले यसै महिना किम जु एलाई उत्तराधिकारीका रूपमा औपचारिक रूपमा अघि सार्ने सम्भावना रहेको अनुमान सार्वजनिक गरेको थियो ।
यद्यपि उनी महाधिवेशनका औपचारिक बैठकहरूमा सहभागी देखिएकी थिइनन् । पार्टी नियमअनुसार औपचारिक पदका लागि कम्तीमा १८ वर्ष उमेर आवश्यक हुने भएकाले तत्काल त्यस्तो घोषणा नभएको सङ्केत गरिएको छ ।
महाधिवेशनपछिको राज्य मिडिया रिपोर्टमा ‘हाम्रो पार्टीको गौरवशाली उत्तराधिकार र विकास सुनिश्चित गर्ने ठोस आधारशिला’ राखिएको उल्लेख गरिएको छ । विश्लेषकहरूले यसलाई भावी उत्तराधिकारबारे अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन् ।
















ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया