कार दुर्घटना भए आईफोन र एप्पल वाचमा सूचना

काठमाडौँ । एप्पलले आईफोन तथा एप्पल वाचमा कार दुर्घटना भएको जानकारी दिने फिचर उपलब्ध गराउने भएको छ । आगामी वर्षदेखि कम्पनीले उक्त फिचर आईफोन तथा वाचमा उपलब्ध गराउने तयारी गरेको अन्तराष्ट्रिय समाचार संस्था दी इकोनोमिक टाइम्सले जनाएको छ ।
कम्पनीका अनुसार उक्त फिचर आफैंले कार दुर्घटनामा परेको थाहा पाउने छ । त्यसैका आधारमा इमर्जेन्सी नम्बरमा स्वतः कल जाने गरी सिस्टम तयार गर्न लागेको हो । हुन त यो फिचर गुगलले यसअघि नै आफ्नो स्मार्टफोन गुगल पिक्सेलमा उपलब्ध गराइसकेको छ ।
गुगल पिक्सेलमा उपलब्ध फिचरले पनि आफैंले कार दुर्घटना भएको पत्ता लगाई सहयोगका लागि कल गर्न सक्छ । एप्पलले भने यात्रा गर्दा कारमा मोबाइल चलाउने बढ्दो प्रवृत्तिले दुर्घटना बढ्दै गएको भन्दै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउन लागेको हो ।
यसले दुर्घटना नरोके पनि दुर्घटनापछि हुन सक्ने क्षतिलाई कम गर्न भने सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

















आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया