प्रशिक्षक अल्मुताइरीले गरे थप ३ वर्षको सम्झौता

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आगामी ३ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उनी अब सन् २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुने भएका हुन् ।
गत शनिबार नेपाल आइपुगेका अल्मुलाइरीले नेपाली फुटबल टोलीलाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए । प्रतियोगिता सकिएपछि आफ्नै देश कतार पुगेका उनको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने छ ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेलअघि अम्मुताइरीले नेपाल नफिर्किने भन्दै घोषणा गरेका थिए । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेर भेटेर साथै कतार फुटबल एशोसिएसनसँग छलफल गरेसँगै अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।
अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्ने भन्दै आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीका टिप्पणी नगर्न आग्रह गरे ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया