बुधबार, फागुन ७, २०८१

न्यायालयको समस्या उनीहरूले नै समाधान गर्नु पर्छ : कानून मन्त्री बडु

मेरोन्यूज २०७८ कार्तिक १६ गते १४:३९

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अहिले देखिएको न्यायालयको समस्या कानून व्यवसायीहरूले नै समाधान गर्नु पर्ने बताएका छन् । पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा)को कार्यकममा बोल्दै उनले आफूहरू स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको बताउँदै अहिले समाधान कानून व्यवसायीले समाधान गर्नु पर्ने बताएका हुन् ।

Advertisement
IMEnabil

‘स्वतन्त्र न्यायापालिकालाई हामी सम्मान गर्छौं, यसमा देखिएको समस्या आफै समाधान गरोस्,’ मन्त्री बडुले भने, ‘तर, जनताको अधिकार र न्याय पाउने विषयमा सरकारको चासो रहँछ ।’

मन्त्री बडुले कानून निर्माण गर्दा सरकारले पहिले सरोकारवालाहरूसँग छलफल गर्ने बताउँदै यसको पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए । उनले सत्य निरुपण गर्ने कुरा पनि सरकारले टुंगोमा लैजाने बताएका थिए ।

कार्यक्रममा रसुवाका पत्रकार अनु आचार्यलाई २ लाख २२ हजार २२२ रुपैयाँ राशीको नेजा ग्रामीण सामुदयिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया