न्यायालयको समस्या उनीहरूले नै समाधान गर्नु पर्छ : कानून मन्त्री बडु

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अहिले देखिएको न्यायालयको समस्या कानून व्यवसायीहरूले नै समाधान गर्नु पर्ने बताएका छन् । पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा)को कार्यकममा बोल्दै उनले आफूहरू स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको बताउँदै अहिले समाधान कानून व्यवसायीले समाधान गर्नु पर्ने बताएका हुन् ।
‘स्वतन्त्र न्यायापालिकालाई हामी सम्मान गर्छौं, यसमा देखिएको समस्या आफै समाधान गरोस्,’ मन्त्री बडुले भने, ‘तर, जनताको अधिकार र न्याय पाउने विषयमा सरकारको चासो रहँछ ।’
मन्त्री बडुले कानून निर्माण गर्दा सरकारले पहिले सरोकारवालाहरूसँग छलफल गर्ने बताउँदै यसको पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए । उनले सत्य निरुपण गर्ने कुरा पनि सरकारले टुंगोमा लैजाने बताएका थिए ।
कार्यक्रममा रसुवाका पत्रकार अनु आचार्यलाई २ लाख २२ हजार २२२ रुपैयाँ राशीको नेजा ग्रामीण सामुदयिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया