दश महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १६:१७

काठमाडौं । सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।
अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१ र अगस्टमा पाँच हजार ९१७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सम्बन्धित









पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया