दश महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १६:१७

काठमाडौं । सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।
अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१ र अगस्टमा पाँच हजार ९१७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सम्बन्धित















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया