औद्योगिक क्षेत्रले प्रयोग बढाए विद्युत खपत हुनेः निर्देशक घिसिङ
झिलिमिली बत्ति जति पनि बाल्नुस्, कुनै समस्या हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि औद्योगिक उपयोग बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्राधिकरणमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको खपत बढाउने एकमात्र बलियो अस्त्र औद्योगिक खपत भएको र यसैका लागि पूर्वाधारहरु बनिरहेको जानकारी दिए ।
उनले खपत बढाउनका लागि उद्योगसम्म पुग्ने प्रशारण लाइन, सबस्टेशन निर्माणको काम भइरहेको बताए । कार्यकारी निर्देशक घिसिङले केही आयोजना निर्माणाधीन रहेको र केही सुरु हुन थालेको उल्लेख गरे ।
पछिल्लो समय स्टिल बिलेट उद्योगबाट मात्र धेरै लोडको माग आएको उनको भनाइ छ । यो क्षेत्रबाट मात्र १ हजार मेगावाट लोड माग भएको घिसिङको भनाई छ ।
औद्योगिकसँगै घरायसी प्रयोगका लागि पनि काम भइरहेको प्राधिकरणले जानकारी दिएको सार्वजनिक यातायात तथा इन्डक्सन चुल्हो पनि खपत बढाउने औजार भएको उनले धारणा राखे ।
तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै कार्यकारी निर्देशक घिसिङले यसपालीको तिहारमा देशैभर झिलिमिली बत्तिको प्रयोग गर्दा कहि कतै पनि केही समस्या नहुने जानकारी घिसिङले दिए ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया