तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो ।
ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।
यसतै शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई समेत पक्राउ परेका छन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया