कर्णाली नदीमा महिलाको शव फेला
मेरोन्यूज
२०७८ कार्तिक १७ गते १७:३१

कैलाली । कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शव पानीबाट निकालेर आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । शवको पहिचान खुल्न नआएको हुँदा फोटोको आधारमा पहिचान गरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया