तिहारमा मिठाई र सेलरोटीसँगै स्वास्थ्यलाई पनि ध्यान दिन विज्ञहरुको सुझाब

काठमाडौँ । तिहारलाई एउटा रमाईलो र विभिन्न मिठाई र सेलरोटीको पर्व भनेर चिन्ने गरिन्छ । चाडपर्वको समय पारेर मिठो मसिनो खानु खासै अनौठो पनि होईन तर त्यस्ता खानेकुरा खाँदा हामीले होस् पुर्याउन भुल्यौ भने जिन्दगीभरी अन्य रोगका सिकार भईने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
जनस्वास्थ्य विज्ञ अरुणा उप्रेतिका अनुसार, चिल्लो, गुलियो, मिसावटयुक्त खाना हाम्रो स्वास्थ्यको लागि राम्रो गदैन् । उनले भनिन्, ‘घर बाहिर बनाएका अझ बासी खानेकुराहरु त कदापि पनि स्वास्थ्यवर्धक हुँदैन । त्यस्ता कुरामा हामीले विर्सेर पनि जोड दिनुहुदैन् ।’
बजारका मिठाईहरु हेर्दा राम्रो चिल्ला र चम्किलो बनाईएको हुन्छ । तर त्यसमा मिसाएका थरीथरिका रासायनिक पदार्थहरु र त्यसमा मिसाएका अखाद्य रङगहरु प्रयोग भएको हुने हुदाँँ त्यस्ता मिठाई नखान उनको सुझाब छ ।
सामान्य व्यक्तिहरुले यस्ता तारेका, गुलियो हालेका खानेकुरा बढी मात्रामा खादा क्यालोरी बढ्ने, कोलोस्ट्रोल बढ्ने, छाती पोल्ने, धेरै गुलियो र चिल्लो खाँदा रिगंटा, वाकवाक लाग्ने जस्ता समस्याहरु देखिने सम्भावना हुने उनले बताईन् ।
धेरै मात्रामा गुलियो प्रयोगले मानिसमा मोटोपनको समस्यालगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखिने उनले जानकारी दिइन् । तिहारको समयमा मधुमेह, उच्चरक्तचाप, मोटोपन, कलेजो, किड्नी, मुटु, दम, पेटसम्बन्धी समस्या भएका बिरामीले विशेष ध्यान दिन विज्ञहरु बताउँछन् ।
पोषणविज्ञ कबिता मर्हजनका अनुसार नेपालीहरुको पर्व तिहारमा बढी मात्रामा मिठाईको प्रयोग गरिन्छ, जसमा चिनीको मात्रा धेरै हुन्छ । स्वास्थ्यको दृष्टिकोणले चिनीलाई स्वास्थ्यवर्धक हुदैन् । उनलेभनिन्, ‘रोगमध्ये मधुमेहका बिरामीलाई त गुलियो र चिल्लो भएका खाना विष जस्तै हो ।’
उनका अनुसार मधुमेहको बिरामीलाई मात्रै होइन, अन्य सामान्य व्यक्तिले पनि यस्ता चिनी बढी प्रयोग भएका खानेकुरा सकेसम्म खानुहुदैन् । उनले भनिन्,‘गुलियो परिकार सामान्य व्यक्तिको लागि पनि अवश्यक भन्दा धेरै राम्रो होइन । धेरै मात्रामा गुलियो प्रयोगले मानिसमा मोटोपनको समस्यालगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखिन्छ ।’
चाडपर्व मनाउँदा मुखको मिठाससँगसँगै स्वास्थ्यलाई पनि ध्यान दिनु उनको सुझाब छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया