१५ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले १५ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गाउँपालिकाको २ तातोपानीस्थित तातोपानीइन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका ३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा १७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार ०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका २ स्थायी घर भई हाल पोखरा १७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा १७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा १७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सी छन् ।
यसैगरी चितवन भरतपुर महानगरपालिका १ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा ८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा २६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका ८ घर भई हाल पोखरा ७ ड्यामसाईडका ३९ वर्षीय मनबहादुर खड्का छन् ।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिप्रकाका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया