भारतमा थप १२ हजार जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १४:१४
काठमाडौँ । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा भारतमा कूल ४६१ जनाले कोरोनाबाट ज्यान गुमाएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल संख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।
दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुने धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा अहिलेसम्म संक्रमणमुक्त भइसकेकाको कुल संख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाबाट अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ ।
सम्बन्धित










५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया