एमालेका असन्तुष्ट साथीहरूलाई स्वागत छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै मितिमा हुने बताएका छन् । बिहीबार नेकपा एस मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने दाबी गरे । ‘कसैले भ्रम नपाले हुन्छ, छिट्टै चुनाव हुने वाला छैन, संघीय संसदको चुनाव समयमै हुने छ, त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिडेका छौँ, अगाडि बढेका छौँ, त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरिरहेका छौँ,’ उनले भने, ‘हामी जित्ने छौँ, बाँकी हामीसँग इष्र्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’
अध्यक्ष नेपालले केपी शर्मा ओलीको दम्भले एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको बताए । उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेकाले एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गरे ।
एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाई थियो । उनले भने, ‘दुई तिहाई बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए, कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरुले भोट दिए छन् ?’
उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारबाही गरी मन्त्री पदबाट हटाउने समेत धारणा राखे ।














इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
काठको मुढाले च्यापिएर बालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया