आमालाई घरमा बस्न नदिएको रिसिइबीले बाबुको हत्या

काठमाडौं । सानो छँदा आफुलाई हेपेको र आमालाई घरमा बस्न नदिएको ‘रिसिइबी’ कपिलवस्तुमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।
कपिष्लबस्तु विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा कार्तिक ४ मा ४२ वर्षीय चन्द्रबहादुर थापा ‘गोरे’को शव भेटिएको थियो । चन्द्रबहादुर शिवराज नगरपालिका–९ भगवानपुरका स्थानीय हुन् । चन्द्रबहादुरलाई छोरा र ‘भदा’ नाता पर्ने जेठानको छोरा मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
हत्या आरोपमा चन्द्रबहादुरका छोरा जयन पुनमगर उर्फ अशोक र जेठानको छोरा मुकेश महरा उर्फ किरणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सानो छँदा आफुलाई हेपेको र आमालाई घरमा बस्न नदिएको ‘रिसिइबी’ साँधेर जयनले मुकेश महरासँग मिलेर हत्या गर्ने योजना बनाएका थिए ।
मादक पदार्थ सेवन गरेर बुवा चन्द्रबहादुरलाई मुकेशको स्कुटरमा राखेर बनगाईस्थित पोखरी नजिकै लगेर उनीहरुले कुटपिट तथा घाँटी कसेर हत्या गरेका थिए । हत्यापछि मृतकलाई पोखरीमा फालेर आरोपीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
हत्याअघि मुकेशको मोवाइल हराएको थियो । सो मोबाइल चन्द्रबहादुरले चोरेको आशंकामा मुकेशले जयनलाई झड्केलो बुवाको हत्यामा सहयोग गरेका थिए । घटनामा प्रयोग भएको लु.४६ प ४१८९ नम्बरको स्कुटर र घाँटी कस्न प्रयोग गरिएको कपडा प्रहरीले बरामद गरेको छ ।









काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया