कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन् ।
उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिए र भने, इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो।
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए ।
वक्तव्यमा भनिएको छ, “इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि कानुनी जवाफदेही बनाउनेछ र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्नेछ।”
फार्स समाचार एजेन्सीका अनुसार बघाईले अगाडी भने, “इरानी व्यापारिक जहाजहरूमा आक्रमण र तिनीहरूलाइृ जफत गर्नुले गम्भीर रूपमा कूटनीतिमा संलग्न देशको व्यवहारलाई प्रतिबिम्बित गर्दैन।”
इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनले बताए ।
युद्धरत पक्षहरूबीच ४० दिनको लडाईपछि अप्रिल ८ युद्धविराम लागू भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने बताएका छन् ।
पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको छ, जसको पहिलो चरणको आयोजना अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो । इज्ञरानको तस्निम न्यूज एजेन्सीले संयुक्तराज्य अमेरिकासँग बुधबार पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी तेहरानको निर्णय ‘निश्चित’ भएको जनाएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया