रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती

रसुवा । चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेका छन् । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम पर्यटकलाई आग्रह गरिएको छ ।
रसुवावासीको सुरक्षार्थ १३ वटाभन्दा बढी प्रहरीचौकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले आवश्यक शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी २४ सै घण्टा तयार रहेको जानकारी दिए । राजमार्गअन्तर्गत बेत्रावती, कालिकास्थान, ग्राङ, धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी र मैलुङ क्षेत्रमा प्रहरीचौकी रहेका छन् ।
यसैगरी ग्रामीण क्षेत्रका लागि डाँडागाउँ, पारच्याङ, लाङटाङ, थुमन, थाम्बुचेतसमेत स्थानबाट सेवा प्रदान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए । गाउँ क्षेत्रका प्रायः स्थानमा सडक सञ्जाल जोडिएको र प्रहरीलाई सवारी साधनको समेत व्यवस्था भएकाले कुनै पनि नागरिकले सुरक्षा माग्दासाथ तुरुन्तै प्रहरी पुग्ने वातावरण रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यस्तै चाडपर्वको मौका छोपी वन जङ्गलमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकामा थप सुरक्षा गस्तीको व्यवस्था गरेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश गौडाले जानकारी दिए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाअन्तर्गत हिमाली क्षेत्रको एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना विष्णुदल गण तैनाथ रहेको बताइएको छ ।

















टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया