कृत्रिम फूलको माग बढ्दै

सुदूरपश्चिम । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका सहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुने गर्छ । फूल मालाको माग बढेसँगै धनगढीलगायतका सहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताइन् । प्राकृतिक माला कतै पाइछ भने पनि कृत्रिम मालाभन्दा निकै महङ्गो पर्ने गरेको उनले बनाइन् ।
कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यपारी अशोक थापाले बताए । उनले भने, “कृत्रिम माला अन्य काममा समेत प्रयोग गर्न मिल्ने भएपछि यसको माग पनि ह्वात्तै बढेको छ, स्थानीय क्षेत्रमा प्राकृतिक फूल उत्पादन नहुँदा कृत्रिम फूलको माग बढेको हो ।”
स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोट रु १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा ६०/७० सम्म पर्ने गरेको छ ।
सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिनुभएकी स्थानीय अनिता जोशीले भनिन्, “यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ ।” कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।
तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुटरूपमा केही व्यक्तिले पुष्पखेती व्यावसायिकरूपमा गर्ने गरेको भए पनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ ।

















बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया