बुधबार, फागुन ७, २०८१

के भारत सेमिफाइनल पुग्ला ?

मेरोन्यूज २०७८ कार्तिक २१ गते १६:१३

काठमाडौँ । जारी टी–२० विश्वकपमा भारतीय टोलीले पछिल्लो २ खेलमा उत्कृष्ट पुनरामगन गरेको छ । अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारतले स्कटल्याण्डविरुद्ध शानदार जित निकाल्यो ।

Advertisement
IMEnabil

लगातार शानदार जितसहित भारतीय टोलीको नेट–रनरेट समेत उत्कृष्ट बन्न पुगेको छ । यसले भारतको सेमिफाइनलको सम्भावना पुनः जगाएको छ ।

भारतलाई न्युजिल्याण्डभन्दा नेट–रनरेटमा अघि बढ्न प्राप्त लक्ष्यलाई ५३ बलमा र अफगानिस्तान भन्दा नट–रनरेटमा अघि निस्कन ४३ बलमा लक्ष्य पूरा गर्न आवश्यक थियो ।

भारतीय टोलीले आवश्यकताअनुसारको ब्याटिङ्ग प्रर्दशन गरी ७ ओभरमा लक्ष्य पूरा गर्यो । स्कटल्याण्डलाई पराजित गर्दै भारत समूह २ को तेस्रो नम्बरमा उक्लिएको छ ।

भारतको नेट–रनरेट अफगानिस्तान र न्युजिल्याण्डभन्दा राम्रो बनेको छ । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध प्राप्त जितले भारतको ४ अंक भएको छ । जसले उसको रनरेट प्लस १ दशमलव ६१९ छ ।

नेट–रनरेट समूह २ मा सबैभन्दा राम्रो भए पनि भारत तेस्रो नम्बरमा रहेको छ । अंकको आधारमा भने न्युजिल्याण्डभन्दा २ अंकले पछि छ ।

भारतीय टोली सेमिफाइनल पुग्न नामिबियालाई फराकिलो अन्तर हराउनु पर्नेछ । साथै न्युजिल्याण्डको नतिजामा समेत भर पर्नु पर्नेछ ।

प्रतिक्रिया