तीन महिनामा एक करोड राजश्व संकलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को साउनदेखि असोज मसान्तसम्म एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व संकलन गरेको हो । राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व संकलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व संकलन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै एक करोड २२ लाख १५ हजार, संस्था दर्ता/नवीकरणबाट तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट दुई लाख ३८ हजार ४० राजश्व संकलन भएको छ ।
कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ । वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार तीन सय ३५ जिल्लाबाट सिफारिस र चार सय २१ दु्रत सेवा सिफारिस गरेको छ । १२ जना विपद्बाट पीडित भएकामा कार्यालयले पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । ११ मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्यौट भएको छ । आदिवासी जनजाति प्रमाणित सात सय ६५, दलित प्रमाणित दुई सय ९९, पेन्सन सिफारिस चार सय ३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २५ संस्था नवीकरण भएका छन् ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया