तीन महिनामा एक करोड राजश्व संकलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को साउनदेखि असोज मसान्तसम्म एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व संकलन गरेको हो । राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व संकलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व संकलन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै एक करोड २२ लाख १५ हजार, संस्था दर्ता/नवीकरणबाट तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट दुई लाख ३८ हजार ४० राजश्व संकलन भएको छ ।
कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ । वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार तीन सय ३५ जिल्लाबाट सिफारिस र चार सय २१ दु्रत सेवा सिफारिस गरेको छ । १२ जना विपद्बाट पीडित भएकामा कार्यालयले पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । ११ मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्यौट भएको छ । आदिवासी जनजाति प्रमाणित सात सय ६५, दलित प्रमाणित दुई सय ९९, पेन्सन सिफारिस चार सय ३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २५ संस्था नवीकरण भएका छन् ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया