बिग्रेका गुणस्तर हिन क्यामेराले चलचित्र निर्मातालाई सास्ती

काठमाडौँ । निर्माता र निर्देशक परिच्छेद सेन चलचित्र प्रेमगन्जको अन्तिम सेड्युलको तयारीमा थिए । उनको योजना अनुसार सोलुखुम्बुमा पाँच दिन र काभ्रेको नालामा पाँच दिन गरी दस दिनमा सम्पुर्ण छायांकन सकाउने तयारीमा थिए ।
उनले अनामनगरको सिनेजोन स्टुडियोबाट दस दिनको लागि भनेर रेड ड्र्यागन क्यामेरा भाडामा लिए । क्यामेराले पहिलो दिन बाटै छायांकनमा धोका दिन थाल्यो । क्यामेरामा न त भ्यु फाईन्डर नै चल्थ्यो न त क्यामेराको पूरा सेटप नै थियो । क्यामेरामा फुटेज स्टोर कार्ड पनि जम्मा दुईवाटा मात्र थिए ।
छायांकन हुदाहुँदै कार्ड सकिए एक दुई घन्टा कुरेर बस्नु पर्ने हुन्थ्यो । बिहान सात बजे देखि ११ बजे सम्म मात्र आकाश खुल्ने र काम गर्ने पाउने त्यस्तो हिमाली ठाउँमा जाबो कार्ड कपि हुनै एक घन्टा कुर्नु पर्ने भएपछि सिनेमाटोग्राफर सन्जय लामा दिक्क भएर बस्थे । अझ कुनै कुनै बेला त क्यामेराले कार्ड सपोर्ट नै गर्दैन थियो । खिच्दा खिच्दै बिचमा कार्ड ईरर देखाउथ्यो । खिचेको फुटेज पनि ड्रप भएर उड्थ्यो ।
सिनेमाटोग्राफरले बिचमा क्यामेरा फिर्ता गर्न पनि खोजेका थिए तर कबाडी सामान भाडामा लगाउदै निर्माता लुट्न पल्केका सिनेजोनका कामेरा साहुले क्यामेरा फिर्ता गर्न मानेनन् । क्यामेरा फिर्ता भए पनि उनलाई पुरै १० दिनकै पेमेन्ट गर्नु पर्ने सर्त राखे ।
त्यत्रो ६० जनाको युनिट लगेर बसेको छ । सबैको टाईम लिमिट छ । केही दिनमा सबै कलाकार र प्राबिधिकलाई छोड्नै पर्ने छ । यही कामेराको समस्याले गर्दा तीन दिन सेड्युल बढी सक्यो । निर्देशक निरास देखिन्थे । अब यसले खिचे खिच्छ नत्र सबै ड्रोन क्यामेराले खिच्छु भन्दै थिए ।
दस दिनमा सम्पुर्ण छाँयाकन सकाउने भनेर गएको युनिट सोलुको सेडुल पनि बल्ल बल्ल सकाएर फर्कियो । दिन पनि बढ्यो , चलचित्रको बजेट पनि बढ्यो, तर निर्माताको समस्या कस्ले बुझ्दिने ।
उता अर्को चलचित्र म राजेस हमालले पनि मल्टीमेट स्टुडियोबाट क्यामेरा लगेको थियो । उक्त चलचित्रमा त झन चार–चार पटक क्यामेरा बिग्रेको थियो । ४५ दिनको लागि बिरगन्ज पुगेको ‘म राजेस हमाल युनिट’ सेड्युल तहस नहस हुदा ६५ दिन बस्नु परेको थियो ।
अहिले साधारण भन्दा साधारण एक नेपाली चलचित्रमा दैनिक तीन लाखको दरले खर्च भैरहेको हुन्छ । एक दिन बढ्दा पनि निर्मातालाई तिन लाखका दरले बजेटले थिच्दै जान्छ । ‘म राजेश हमाल’ मा अनुमानित बजेट भन्दा झन्डै असी लाख बढी बजेट निर्मातालाई भार परेको थियो भने ‘प्रेमगन्ज’ मा एक करोड बढी नै बजेट बढेको छ । काम ढिला हुने कारण जे भए पनि अन्ततः त्यस्को सम्पुर्ण भरपाई निर्माताले नै बेहोर्नु पर्ने हुन्छ ।









कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया