बार अध्यक्ष श्रेष्ठ भन्छन्- प्रधानन्यायाधीश बिचौलियाका नाइके हुन्

काठमाडौँ । नेपाल बार एहोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर राणा न्यायपालिकाभित्र बिचौलियाका नाइके मात्र बनेको आरोप लगाएका छन् । न्यायपालीकाको समग्र सुधारका लागि राजीनामा दिनुको विकल्प नभएको भन्दै अध्यक्ष श्रेष्ठले राणाको राजीनामा नआएसम्म बारको आन्दोलन नरोकिने बताए ।
बार परिसरमा आजको धर्ना पछिको कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले अहिले आफ्नो पद बाहेक न्यायलयको गरिमा र मर्यादा सवैलाई भूलेको बताए ।
‘न्यायपालिकालाई बचाउने भन्दा पद जोगाउने तिर प्रधानन्यायाधीश लागिरहनुभएको छ, न्यायपालिका गए जाओस आफ्नो पद जोगाउने ढंगले प्रधानन्यायाधीशले काम गरिरहेका छन्, न्यायापलिकाको संरक्षण र आस्था धरोहर जोगाउनुपर्छ । हामी सम्पूर्ण एक हुनुपर्छ । आजको प्रधानन्यायाधीसको आफु खुसी ढंगले जुन खालको पेशी तोकेको छ, त्यसले न न्यायाधीशको विश्वास लिन सकेको छ, न बारको,’ बार अध्यक्ष श्रेष्ठले भने,–‘प्रधानन्यायाधीस न्यायपालिकाभित्रको विचौलियाको नाइके मात्र भएका छन् । विचौलियाको नाइके चोलेन्द्रशम्शेरलाई हटाउनुपर्छ ।’
उनले न्यायपालीका सुधारका लागि बारले गरेको आन्दोलनलाई साथ र सहयोग गर्न सवैमा अपिल समेत गरे । बारले २५ गतेबाट उपत्यकाका सम्पूर्ण अदालत दुई घण्टा बन्द गर्ने गरी बारले आन्दोलनको कार्यक्रम ल्याएको र त्यसमा सहयोग गर्न न्यायाधीश, कानुन ब्यवसायी र सेवाग्राही सवैमा आग्रह गरे ।
त्यसपछि भने कात्तिक २८, २९ र ३० गते तीन दिन उपत्यकामा मात्र सिमित नराखी आन्दोलनलाई बारले उच्च अदालत र जिल्ला अदालतहरुसम्म विस्तार गरेर सवैतिर लैजान चाहेको पनि वताए ।
दलहरुप्रति खवरदारी
बार अध्यक्ष श्रेष्ठले न्यायपालीकाभित्र झण्डै मिहना दिनदेखि आन्दोलन भईरहँदा समेत राजनीतिक दलहरु कानमा तेल हालेर बसेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए । प्रधानन्यायाधीशले विचौलियाको काम गरेको, सत्तामा भागवण्डा खोजेको र न्यायलयको गरिमा र प्रतिष्ठामा आँच पुरायाउने काम गरेकोले त्यसबाट जोगाउन पनि दलहरुले वेलैमा यसप्रति एउटा निर्णय लिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
‘राजनीतिक दलहरु कानमा तेल हालेर बसेको छ । तपाईहरु खबरदार । दल नेतालाई स्थापित गर्न बारले विगतमा आन्दोलनले गरेको छ । ’ अध्यक्ष श्रेष्ठले भने, –‘चोलेन्द्रलाई वचाउने नाममा संविधान कुल्चने र वारलाई बिर्सने गर्नुभएको छ भने तपाईहरु भोलिका दिनमा टिक्न सक्नुहुन्न ।’
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया