ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुख हटाइए

काठमाडौँ । नेपाल सरकारले तीन वटा प्रदेश प्रमुख फेरबदल गरेको छ । सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरेको हो ।
सरकारले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेका प्रदेश प्रमुखलाई हटाएर गठबन्धन सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।
प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।
सरकार परिवर्तन पछि प्रदेश प्रमुख फेर्ने सस्कार नेपालमा विकास भएको छ । आफु अनुकुल हुने गरी अघिल्लो सरकारले वेला वेला प्रदेश प्रमुख हेरफेर गर्ने सस्कार वसाएपछि देउवा सरकारले पनि त्यसैलाइ अनुशरण गदै प्रदेशका प्रमुखहरुलाई हेरफेर गरेको हो । यो सँगै देउवा प्रधानमन्त्री आएपछि सात ओटै प्रदेशका प्रमुख फेरिएका छन् । फेरिएका प्रदेश प्रमुखमा सत्ता गठवन्धन दललाई दलगत आधारमा भागवन्डा लगाएर फेरिएको छ ।
अहिले फेरिएका तीन प्रदेश प्रमुखमध्ये प्रदेश १ मा जनता समाजवादी, कर्णाली प्रदेशमा माओवादी र सुदुरपश्चिममा काग्रेसले भागवन्डा गरेर लिएका छन् । यस अगाडी प्रदेश २ मा कांग्रेस, वागमतिमा नेकपा एकीकृत समाजवादी, गण्डकीमा कांग्रेस र लुम्विनीमा माओवादी केन्द्ले प्रदेश प्रमुख भागवन्डा लगाएर लिएका थिए ।
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया