सेनाका मेजरसँग झडप गर्ने टोली नै युवकको हत्यामा संग्लन्न !

धनगढी । कैलालीमा नेपाली सेनाका मेजरसँग झगडा गर्ने टोली नै युवकको हत्यामा संग्लन्न रहेको पाएको छ । आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरंगेका मेजर अशोकजंग शाहीसँग झडप गर्ने टोली कैलाली टिकापुरका स्थानीय युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको पाइएको छ ।
कैलाली प्रहरीका अनुसार संगम होटलका सञ्चालक हर्कबहादुर रावलको शाहीसँग विवाद भएको थियो । प्रहरीले हत्या आशंकामा होटल सञ्ञालक रावल, उनकी श्रीमती र उनका छोरालाई नियन्त्रणमा लिएको बताएको छ । होटल सञ्चालकका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।
मंगलबार राति दुई समूह बीचको झडपमा मारिएका बडुवालको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । एसपी अधिकारीका अनुसार प्रहरीको सम्पर्कमा ९ जना रहेपनि आरोप लागेका ५ जनालाई नियन्त्रणमा लिइएर थप अनुसन्धान भइरहेको छ । रावल परिवारका तीन जना र अन्य दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रावलका एक छोरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।













दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया