सेनाका मेजरसँग झडप गर्ने टोली नै युवकको हत्यामा संग्लन्न !

धनगढी । कैलालीमा नेपाली सेनाका मेजरसँग झगडा गर्ने टोली नै युवकको हत्यामा संग्लन्न रहेको पाएको छ । आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरंगेका मेजर अशोकजंग शाहीसँग झडप गर्ने टोली कैलाली टिकापुरका स्थानीय युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको पाइएको छ ।
कैलाली प्रहरीका अनुसार संगम होटलका सञ्चालक हर्कबहादुर रावलको शाहीसँग विवाद भएको थियो । प्रहरीले हत्या आशंकामा होटल सञ्ञालक रावल, उनकी श्रीमती र उनका छोरालाई नियन्त्रणमा लिएको बताएको छ । होटल सञ्चालकका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।
मंगलबार राति दुई समूह बीचको झडपमा मारिएका बडुवालको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । एसपी अधिकारीका अनुसार प्रहरीको सम्पर्कमा ९ जना रहेपनि आरोप लागेका ५ जनालाई नियन्त्रणमा लिइएर थप अनुसन्धान भइरहेको छ । रावल परिवारका तीन जना र अन्य दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रावलका एक छोरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया