बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने
शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौँ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरालाई अदालत प्रवेशमा रोक लगाउनु पर्ने बताए । उनले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुपर्ने पनि बताए ।
अध्यक्ष श्रेष्ठले न्यायालयमा हुने भ्रष्टाचारको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाए । बारले आज गरेको आन्दोलनलाई हस्तक्षेप गर्दा सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन् । प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न कानुन व्यवसायीलाई परिचालन गर्ने बारले जनाएको छ ।
यस्तै बारले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने बताएको छ । कानून व्यवसायीहरुले शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने बताएका हुन् । सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि शुक्रबार बहस नगर्ने भएका हुन् । कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया