प्रधानन्यायाधीश जबरालाई बारले सर्वोच्च प्रवेशमा रोक लगाउने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको हो । बिहीबार बारेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बारले जनाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।
प्रहरीले गरेको बल प्रयोगको विरोधमा कानून व्यवसायीहरुले जबरालाई सर्वोच्च अदालतमा प्रवेश निषेध गर्ने बताएका थिए । तर, प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले कानून व्यवसायीलाई धर्नामा बस्ने नदिने बताइएको छ ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया