प्रधानन्यायाधीश जबरालाई बारले सर्वोच्च प्रवेशमा रोक लगाउने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको हो । बिहीबार बारेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बारले जनाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।
प्रहरीले गरेको बल प्रयोगको विरोधमा कानून व्यवसायीहरुले जबरालाई सर्वोच्च अदालतमा प्रवेश निषेध गर्ने बताएका थिए । तर, प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले कानून व्यवसायीलाई धर्नामा बस्ने नदिने बताइएको छ ।
















सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया